Wed. Nov 27th, 2024

चरौदीमा धादिङ उद्योग वाणिज्य संघको साधारणसभा

४ चैत,  धादिङ –

 

धादिङ उद्योग वाणिज्य संघको २४ औँ वार्षिक साधारण सभा बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा सम्पन भएको छ ।

साधारणसभाको प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकग्राम जम्मकट्टेलले उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जम्मकट्टेलले उद्योग वाणिज्य संघ सबै व्यवसायीको साझा संस्था भएकाले राजनीतिक आधारमा कसैलाई पर कसैलाई वर बनाउन नहुने बताए ।

अहिले त्रिशुली नदिमा भइरहेको प्राकृतिक सम्पदाको दोहन गर्ने र राज्यको नियम कानुन अटेर गर्ने व्यवसायीलाई तत्कालै कारबाही गरिने उनले बताए ।
संघले एक गाउँ एक कार्यक्रम उत्पादन, एक जिल्ला एक उत्पदान कार्यक्रम, मेला महोत्सव लगायतका विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, व्यवसायीहरुको सहभागीता रहेको थियो ।

२०७४ चैत ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: