Wed. Mar 12th, 2025

धादिङका जनप्रतिनिलाई काठमाडौमा सम्मान


४ चैत,  काठमाडौँ  –

धादिङका जनप्रतिनिधिहरुलाई काठमाडौमा सम्मान गरिएको छ । नेकपा एमाले धादिङ काठमाडौं सम्पर्क मञ्चले शनिबार विशेष कार्यक्रम गरी धादिङ जिल्लाबाट विजयी तीनै तहका जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

धादिङ प्रतिनिधिसभा १ बाट निर्वाचित खेम लोहनी, प्रतिनिधिसभा २ बाट निर्वाचित भूमी त्रिपाठी, राष्ट्रियसभा सदस्य बलराम बास्कोटा, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, डा रामकुमार अधिकारी सहित स्थानिय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई सम्पर्क मञ्चले एउटै मञ्चमा सम्मान गरेको छ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जनप्रतिनिधि सबैलाई सम्मान गरे ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने उद्घोष गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको गौतमले बताए । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको तीनै तहका जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको खुलासा गरे ।

आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा र्पुयाएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने, ‘२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।’

पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम सुरु भएको उपाध्यक्ष गौतमको भनाइ छ । सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने बताए ।

एमाले र माओवादी केन्द्रबीचको एकता राष्ट्रिय आवश्यकताले अगाडि बढेको प्रस्टोक्ति दिदैं उपाध्यक्ष गौतमले भने, ‘विगतमा आफूलाई पार्टी फुटाएको आरोप लाग्ने गरेको र त्यसलाई परिपूर्ति गर्न पनि आफूले पार्टी एकताको प्रयास गरेको सफलता हासिल गरेँ ।’ उपाध्यक्ष गौतमले विचारसहितको एकीकृत कम्युनिस्ट पार्टी बनाएर भावी पुस्तालाई आफूहरुले जिम्मा दिन लागेको बताए ।

२०७४ चैत ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: