अनिता शाक्य / ३ चैत, धादिङ –
आगामी चैत ८ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा (एसईई) परीक्षामा धादिङ जिल्लाबाट ६ हजार ३ सय ६२ जना परीक्षार्थीहरु सहभागी हुने जिल्ला शिक्षा कार्यालय धादिङले जानकारी दिएको छ ।
नियमित तर्फ ६ हजार २ सय ६० जना र एक्जामटेड तर्फ १ सय २ जना विद्यार्थीहरु सहभागी हुने जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरीक्षक कृष्णकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी प्राविधिक तर्फ जिल्लाभरबाट १ सय २८ जना बिद्यार्थीहरु सम्मेलित हुनेछन् । परीक्षा साधरण धारतर्फको चैत १७ गते सम्म र प्राविधिक धारतर्फको चैत २० गते सम्म परीक्षा संचालन हुनेछ ।
परीक्षाका लागि जिल्लाभर २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । २६ जना केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २ सय ९२ जना निरीक्षक, १ सय ३९ जना सहायक कर्मचारी तोकिसकेका छन् । परीक्षा शान्तिपूर्ण ढंगले संचालन गर्नको लागि ३ सय ९० जना सुरक्षाकर्मी खटाईएको पनि कार्यलयले जानकारी दिएको छ ।
२०७४ चैत ३ गते प्रकाशित