Wed. Mar 12th, 2025

युवा संघ र वाइसेल धादिङद्धारा सांसदलाई सम्मान


१ चैत,  धादिङ –

युवा संघ नेपाल र वाइसेल नेपालको तर्फवाट निर्वाचित र धादिङबाट निर्वाचित सांसदलाई सम्मान तथा बधाई गरेको छ ।

विहिबार एक कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य, पुर्व परराष्ट्र मन्त्री, युवा फांट प्रमुख कमरेड महेन्द्र पाण्डेले सम्मान गरे ।

युवा संघ नेपाल धादिङ र वाइसेल धादिङको संयुक्त आयोजनामा भएको कार्यक्रममा राजिव पहारी, चन्द्र लामा, मन्जु यादव, दुर्गा वि क, खेम लोहनी, सुनिता चौधरी, भुमी त्रिपाठी, जगत सिम्खडा, डा रामकुमार अधिकारी, वलराम वास्कोटा लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले सबै निर्वाचित सांसदहरुलाई बदाई दिदै अब युवा संघ र बाइसेलले आफ्ना संगठन बिभागका प्रमुखहरुको नेतृत्वमा संगठनको ढाचा, भावी कार्यदिशा, कार्यक्रम लगाएतका विषयमा छलफल चलाउन सुरु गर्नुपर्ने बताए । युवाहरु विदेशीनु हाम्रो चुनौति हो । विदेशमा युवा राखेर देशको विकास हुन सक्दैन । सीप र दक्षतावाट निपुण युवाहरुलाई विशेष सुविधा सहित स्वदेश फिर्ता गर्नु पर्दछ । सामाजिक कुरितीवाट ग्रशीत समाजलाई परिवर्तन गर्नु छ जस्को ज्वलन्त उदाहरण कैलालीको राधा चौधरीको घटना हो भन्दै खेद प्रकट गरे ।

कार्यक्रममा वोल्दै संघका अध्यक्ष राजिव पहारीले भने जनताले दिएको अभिमतलाई खेर जान दिने छैन । युवाहरुका पक्षमा लागिरहने र युवाको मुद्दा कार्यान्वयनको लागि संसद र सडक दुवैको नेतृत्व गर्ने प्रतिवद्दता राखे ।

वाईसिएलका अध्यक्ष दिप शिखाले भने अब एकता कसैले रोक्न सक्दैन । दुवै पार्टी र संगठन चाडै नै एकता हुने भन्दै यो सरकार संग ईतिहासमा नै वढि अपेक्षा रहेको छ । यसलाई हामी रचनात्मक सहयोग गर्नु पर्दछ भने ।

कार्यक्रममा आफ्नो प्रतिवद्दता मन्तव्य माननीय चन्द्र लामा, मञ्जु यादव, सुनिता चौधरी, दिपा वि क, वलराम वास्कोटा, खेम लोहनी, भुमि त्रिपाठी, जगत सिमखडा लगायतले राखे । कार्यक्रम युवा संघ नेपाल धादिङका अध्यक्ष दिपक खतिवडाको अध्यक्षतामा सम्पन्न भएको युवा संघका नेता सन्तोष सिलवालले जानकारी दिए ।

२०७४ चैत १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: