
१ चैत, काठमाडौ
विश्वकप छनोटको प्ले अफमा नेपालसंग पपुवा न्यूगिनी ६ विकेटले पराजित भएको छ ।
पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको हो । पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा गरेका हुन् ।
नेपालको सुरुवात भने राम्रो रहेन । १३ रन जोड्दा दुबै ओपनर आउट भइसकेका थिए । मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमा आउट भए । थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २० रनमा आउट भए ।
तर, दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । शेख व्यक्तिगत २६ रनमा आउट भए । ऐरी ५० रनमा अविजित रहे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । मात्र ४।२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए भने लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिका थिए ।
नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४र४ विकेट लिए ।
करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।
२०७४ चैत १ गते प्रकाशित