Wed. Nov 27th, 2024

धुनीबेसी नगरपालिकाद्धारा ४ करोड ३ लाखको बजेट विनियोजन


१ चैत, धादिङ

धादिङको धुनीबेसी नगरपालिकाले ४ करोड ३ लाख ५ हजारको बजेट विनियोजन गरेको छ ।

दोस्रो नगरसभामा नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नगरको विकासका लागि बजेट विनियोजना गरेको हो । नगरसभाले भौतिक, आर्थिक तथा सामाजिक तथा समाबेशी क्षेत्रको विकासका लागि ८२ वटा विकास योजना स्विकृत गरेको छ ।

सडक भवन लगायतका कार्यक्रमका लागि २ करोड ४६ लाख ५० हजार, खानेपानी योजनाका लागि ३५ लाख ५० हजार, लक्षित कार्यक्रमका लागि ४२ लाख ५५ हजार बजेट छुट्याएको छ । त्यस्तै संस्थागत क्षमता विकास तथा अन्य कार्यक्रमका लागि ७८ लाख ५० हजार र शिक्षा तर्फ ५ लाख बराबरको योजना तथा कार्यक्रम स्वीकृत गरेको छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि, सडक, महिला तथा बालबालिका, अपांगता, दलित, जनजाति, खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट छुट्टाइएको नगरपालिकाका उपप्रमुख निरु खरेलले जानकारी दिइन् ।

नगरपालिकाले नगरलाई लाई खुल्ला दिशामुक्त अभियान संचालन गरिएको छ । त्यस्तै भूकम्प प्रभावितलाई अनुदान रकम सिफारिस प्रक्रिया, वडालाई व्यवस्थापन कार्यको सुरुवात गरिरहेको छ ।

२०७४ चैत १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: