

१ चैत, काठमाडौं –
जिम्बाबेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको पहिलो प्लेअफको खेलमा नेपालले विहिबार पपुवा न्युगिनी ९पिएनजी०को सामना गर्दैछ ।
जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ । आज जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।
४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ।
सुपर ६ पुग्न असफल भएको नेपालका लागि एकदिवसीय मान्यताको सुनौलो अवसर छ। नेपाल आज पपुवा न्युगिनीलाई पराजित गर्दै इतिहास रच्ने दाउमा छ ।
२०७४ चैत १ गते प्रकाशित