Wed. Mar 12th, 2025

राष्ट्रपतिको निर्वाचन आज, एमालेबाट भण्डारी र काँग्रेसबाट राई उम्मेदवार

२९ फागुन, काठमाडौं –

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।

राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा मतदान हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले निर्वाचनमा भाग लिने छन् ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र र मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि हरियो तथा प्रदेशसभाका सदस्यहरुका लागि रातो रंगको मतपत्रको व्यवस्था गरिएको छ ।

वाम गठबन्धनसहित अन्य साना दलको पनि समर्थन पाएकाले भण्डारी नै पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ ।

२०७४ फागुन २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: