Thu. Mar 6th, 2025

सकियो धादिङ महोत्सव


२८ फागुन,  धादिङ

जिल्लाको साना तथा मझौला उद्योग व्यवसायको प्रवद्र्धन गर्दै स्वरोजारका लागि युवाहरुलाई आकर्षण गर्ने तथा जिल्लाको पर्यटन प्रवद्र्धन, जडिवुटी उत्पादन, खनिजजन्य उत्पादनलाई प्रचार प्रसार एवं व्यवस्थित गर्ने उद्देश्यले आयोजना गरिएको धादिङ महोत्सव आइतबारबाट सम्पन्न भएको छ ।

‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ फागुन १६ गतेदेखि सुरु भएको महोत्सव फागुन २७ गते सकिएको हो । महोत्सव साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले आयोजना गरेको थियो ।

महोसवमा चितवनबाट ल्याइएको हात्तीको सफारी मुख्य आकर्षकको रुपमा भनिएतापनि हात्ती चढ्नेहरुको संख्या कम भएपछि हात्तीलाई पुन फिर्ता पठाइएको थियो । साथै हेलिकप्टरबाट जिल्लाको पर्यटकिय तथा धार्मिकस्थल हेर्ने चाहना पनि अपुरो भएको छ ।

महोत्सवमा कृषि प्रदर्शनी तथा बिक्री, दूध तथा दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बिक्री, घरेलु व्यवासायीको विशेष स्टल प्रदर्शनीमा राखिएको छ ।

२०७४ फागुन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: