Wed. Nov 27th, 2024

धादिङका क्रसर र बालुवा प्रशोधन उद्योगको विद्युत् लाइन काटियो


२६ फागुन, धादिङ

पृथ्वीराजमार्ग छेउछाउ र त्रिशुली नदि आसपासमा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ ।

जिल्ला स्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले दुई क्रसर उद्योग र ४० बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको हो । मापदण्ड बाहिर संचालनमा रहेका अवैध बालुवा प्रशोधन केन्द्र (फिरफिरे) को लापरबाहीका कारण त्रिशुली नदीमा प्रदुषण बढेको र स्थानीय तहमा समेत समस्या परेको विषयमा व्यापक गुनासो आउन थालेपछि प्रशासनले अनुगमन गरेको हो । यस्ता क्रसर र बालुवा धुने उद्योग फर्जी र मापदण्डविपरित पाइएको छ । यस्ता उद्योगहरुको अनुगमन गरि विजुली काटिएको समितिले जनाएको छ ।

राजमार्गको धादिङ खण्डमा पर्ने वेल्खु, स्यालटार लगायतका क्षेत्रमा रहेका प्रशाधन केन्द्रमा विद्युत जडान गरेका दुई क्रसर र ४० बालुवा धुने उद्योगले प्रयोगमा ल्याएका ८ विद्युत ट्रान्सफर्मरको लाईन काटेको छ । यस्ता उद्योगहरुमा नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुको मिलोमतोमै विद्युत ट्रान्सफर्मर जडान गरिएका छन् । अधिकांश बालुवा धुने उद्योगहरुले धानकुट्ने मिल, घट्ट संचालन गर्ने, व्लक वनाउने उद्योगको नाममा विद्युत लाइन लिएर बालुवा प्रशोधन केन्द्र समेत चलाइरहेका छन् ।

२०७४ फागुन २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: