२५ फागुन,काठमाण्डौ ।
एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन । एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरूबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो ।
संस्थापक महासचिव पुष्पलालको अगुवाइमा २२ अप्रिल २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
स्थापनाकै दिन दुई फरक–फरक धारको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत भएको घोषणा गर्दा सकारात्मक सन्देश सम्प्रेषित हुने नेताहरूको बुझाइ छ । बुधबार बसेको कार्यदलको बैठकमा नेताहरूले यो निष्कर्ष निकालेका हुन ।
नयाँ पत्रिकाबाट ।
२०७४ फागुन २५ गते प्रकाशित