२४ फागुन,काठमाण्डौ ।
संघीय समाजवादी फोरम ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णयमा भएको छ । तराइ मधेस केन्द्रित दल संघीय समाजवादी फोरम नेपालसँगको छलफलमा मन्त्रिमण्डलको पूर्णतापछि मात्रै संविधान संशोधनको विषयमा प्रवेश गर्ने सहमति भएपछि फोरम सरकारमा जाने भएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिमण्डललाई पूर्णता दिएलगत्तै कार्यदलमार्फत संविधान संशोधनको अजेन्डामा प्रवेश गर्ने योजना बनाएको छ ।
तराइ मधेस केन्द्रित दल संघीय समाजवादी फोरम नेपालसँगको छलफलमा मन्त्रिमण्डलको पूर्णतापछि मात्रै संविधान संशोधनको विषयमा प्रवेश गर्ने सहमति भएको हो ।
उसले पाउने मन्त्रालय भने टुंग्याउन बाँकी छ । यसैबीच, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सो पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन।
नागरिक दैनिकबाट।
२०७४ फागुन २४ गते प्रकाशित