Wed. Mar 12th, 2025

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० मा


२२ फागुन,  काठमाडौँ

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन ३० गते बुधबार हुने भएको छ । राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा हुने जानकारी गराउनु भएको हो ।

आज ९मंगलबार० बसेको राष्ट्रियसभाको बैठकमा उनले राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार ३० गते बुधबार १ बजे राष्ट्रियसभा अध्यक्षको निर्वाचन तोकिएको जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले राष्ट्रियसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । नौं सदस्यीय मस्यौदा समिति पारित गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

२०७४ फागुन २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: