Wed. Mar 12th, 2025

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

२१ फागुन,काठमाण्डौ

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।

आज भएको मतदानमा देउवाले ४४ मत प्राप्त गरे । उहाँका प्रतिष्पर्धी नेता प्रकाशमान सिंहले १९ मत ल्याए ।

सर्वसहमतिको प्रयास असफल भएपछि कांग्रेसको संसदीय दलको नेताका लागि आज विहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानमा प्रतिनिधिसभाका ६३ सांसदले मतदान गरेका थिए ।

देउवाले जित्ने निश्चित हुँदा पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सिंहलाई उम्मेदवार बनाएको थियो ।

२०७४ फागुन २१ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: