Wed. Mar 12th, 2025

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र सिंहको उम्मेदवारी


२० फागुन,  काठमाडौं

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन्।

देउवाले आफ्नो उम्मेदवारीको लागि मिन विश्वकर्मा र भरत कुमार शाहलाई वारेसनामा दिएका थिए। देउवाको प्रस्ताबक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन्। अर्का उम्मेदवार सिंहको प्रस्तावक सीतादेवी यादव रहेकी छन् भने समर्थक संजय गौतम रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार ६ देखि साँझ ७:३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८:३० बजे हुनेछ।उम्मेदवारीको दरखास्त सा शुल्क रु ४१ हजार तोकिएको छ । फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालयमा मतदान हुने छ।

चीनकाजी श्रेष्ठको संयोजकत्व निर्वाचन समिति रहेको छ। कांग्रेसका ६३ जना सांसद छन्।

२०७४ फागुन २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: