Sun. Mar 9th, 2025

विश्वकप छनोटः आज नेपाल र आयोजक जिम्बावे प्रतिस्पर्धा गर्दै


२० फागुन,  धादिङ

नेपाल औपचारिक रूपमा नेपाल आइतबार विश्वकप छनोट यात्रा सुरु गर्दैछ। केही साता अघिमात्र डिभिजन– २ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप छनोट यात्रा तय गरेको नेपाल अर्को उत्कृष्ट नतिजा निकाल्ने दाउमा छ।

नेपाल आफ्नो पहिलो खेल आयोजक जिम्बाबेविरुद्ध खेल्दैछ। स्वाभाविक रूपमा जिम्बाबे नेपालभन्दा बलियो टिम हो। जिम्बाबेविरुद्ध पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। त्यसैले नेपालका लागि जिम्बाबे नौलो प्रतिद्वन्द्वीका रूपमा रहनेछ। त्यसो त नेपालभन्दा बढी दबाब जिम्बाबेमाथि छ। आयोजक र तुलनात्मक रूपमा कमजोर नेपालविरुद्ध विश्वकपमा स्थान बनाउन पनि जित्नैपर्ने दबाब जिम्बाबेसँग रहँदा नेपाल भने दबाबविनै मैदान उत्रिने छ।

यसको फाइदा लिने सम्भावनाले गर्दा जिम्बाबेलाई हराउने चुनौती नेपालसँग छ। नेपालले दुईमध्ये एकमात्र अभ्यास खेल खेल्न पायो। यूएईविरुद्धको पहिलो अभ्यास नेपालका लागि लाभदायक रह्यो।

२०७४ फागुन २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: