Mon. Nov 25th, 2024

महिलाहरुले नै खटे परीक्षा केन्द्रमा

slc-exam-300x193

धादिङ  – धादिङमा सञ्चालन भएको एसएलसी परीक्षाको एउटा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरु महिला मात्र खटाइएको छ । जिल्लाभर २१ वटा परीक्षा केन्द्र मध्ये यसैपालि थप गरिएको बालमन्दिर मावि स्रोत केन्द्रमा सुपरीवेक्षक र प्रहरी बाहेक अन्य सबै महिला कर्मचारी खटाइएको हो ।

बालमन्दिर स्रोतकेन्द्रमा महेन्द्र उमावि नीलकण्ठ, कर्णेश्वर उमावि नीलकण्ठ , पञ्चकन्या मावि, प्रकाश मावि, शंकादेवी मावि खाल्टे र नीलकण्ठ उच्च माविबाट खुल्ला परीक्षामा सहभागी हुने परीक्षार्थीहरु रहेका छन् । खुल्ला परीक्षामा नीलकण्ठ उमाविबाट ३५ जनाले फाराम भरेकोमा २१ जना मात्र परीक्षामा सहभागी छन् ।

त्यस्तै यस वर्षको एसएलसी परीक्षामा जिल्ला कारागार धादिङबाट दुई जनाले परीक्षा दिएका छन् । कृष्णबहादुर श्रेष्ठ र हिमाल घलेले कारागारबाट नै परीक्षा दिएको जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरीक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रवेशिका परीक्षा एसएलसीको आइतबार अनिवार्य विषयको परीक्षा सञ्चालन भएको छ । अहिलेसम्मको परीक्षा शान्त, मर्यादित र भयरहित वातावरणमा सञ्चालन भइरहेको र अहिलेसम्म कुनै अप्रिय घटना भएका छैनन् ।

तेस्रो दिन सञ्चालन भएको गणित विषयको परीक्षामा १सय ८ जना छात्रा र ६९ जना छात्र गरी १ हजार १ सय ७७ जना विद्यार्थीहरु अनुपस्थित भएको जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: