१८फागुन ।
स्पेनिस ला लिगा लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । गएरातिको खेलमा बार्सिलोना लस पाल्मससँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।
२१ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अग्रता लिए पनि ४८ औं मिनेटमा क्यालेरीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । यो नतिजासँगै बार्सिलोनाको अपराजित यात्रा ३३ खेलसम्म पुगेको छ ।
२६ खेलबाट ६६ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको बार्सिलोना दोश्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ६ अंकले अघि छ ।
२०७४फागुन १८ गते प्रकाशित