८ चैत, धादिङ – धादिङको नीलकण्ठ नगरपालिका –१ सिउडीबारमा बलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका – १ का १० वर्षिय अनिशा मगर र ७ वर्षिय आशिका मगर रहेका छन् ।
धादिङ काउलेबाट धादिङबेसी तर्फ आउदै ना १० च ६८६६ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ५२ वर्षिय गोपी मगर, १२ वर्षिय विनोद मगर,७ वर्षिय सुस्मिता मगर, ८ वर्षिय सुसल मगर, ४ वर्षिय अनुजा मगर र जीपका ड्राइभर ४५ वर्षिय वीरबहादुर गुरुङ रहेका छन् ।
कच्ची सडकमा जीप आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक बासुदेव थापाले जानकारी दिनुभएको छ । दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पताल धादिङबेसीमा र ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा सामान्य उपचारपछि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।