Sun. Mar 9th, 2025

आइसीसी विश्वकप छनोटको ट्रफी सार्वजनिक

१४ फागुन, काठमाडौँ

जिम्बाबेमा आयोजना हुने आइसीसी विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । मार्च १ बाट सुरु हुने विश्वकप छनोटको ट्रफी आइतबार राति सार्वजनिक गरिएको हो ।

जिम्बाबेको हरारेमा आयोजित एक बिशेष समारोहका बीच जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक कार्यक्रममा छनोटमा सहभागी १० राष्ट्रका कप्तानहरुको सहभागिता रहेको थियो । नेपालका कप्तान पारस खड्का ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।

छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालले प्रतियोगिताको सुरुवात गर्नुअघि दुई अभ्यास खेल खेल्दैछ । नेपालले भोली मंगलबार पहिलो अभ्यास खेल युएईसँग खेल्दैछ । यस्तै नेपालले हङकङसँग मार्च १ मा अभ्यास खेल खेल्नेछ । नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

२०७४ फागुन १४ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: