Wed. Mar 12th, 2025

मन्त्री छान्ने जिम्मा ओलीलाई

११ फागुन, काठमाडौ

नेकपा एमालेले मन्त्री छान्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

स्थायी कमिटीको शुक्रवार बालुवाटारमा बसेको बैठकले माओवादी तथा मधेशवादी दलहरुसँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने जिम्मा ओलीलाई दिएको हो ।

एमालेले वाम गठबन्धनको बहुमत भए पनि दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न मधेशवादी दललाई पनि मन्त्रिपरिषदमा सामेल गर्न ओलीलाई म्याण्डेट दिएको पार्टी सचिव योगेश भट्टराईले बताए । माओवादी, संघीय समाजवादी फोरम र राजपासँग ओलीले छलफल गर्ने उनले बताए ।

२०७४ फागुन ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: