Wed. Mar 12th, 2025

प्रदेश ३ को विकास र आर्थिक समृद्धिमा जोड : मुख्यमन्त्री पौडेल (भिडियो सहित )


११ फागुन , धादिङ

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र आर्थिक समृद्धिमा आफ्नोे ध्यान जाने बताएका छन् ।

जिल्ला समन्वय समिति र नीलकण्ठ नगरपालिकाले धादिङबेसीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले संघीयता नेपालकै लागि नयाँ प्रणाली भएकाले त्यसको कार्यान्वयन चरणमा रहेको बताए । उनले प्रदेशको अगुवाई गर्दै समृद्ध बनाउने प्रतिबद्धता समेत गरे । ‘सबैको नजर प्रदेश नम्बर ३ मा रहेको छ’, मुख्यमन्त्री पौडेलले भने, ‘सबैको उत्कृष्ट होस् भन्ने चाहनालाई चाँडै नै पूरा गरेर देखाउनेछु।’

प्रदेशका नीति, नियम अदृश्य छ, मुख्यमन्त्री पौडेलले भने, ‘देश संघीया सरकार गइसकेपछि त्यसको भौतिक संरचना, कर्मचारी व्यवस्थापनमा जटिलता उत्पन्न भएको छ ।’ भर्खर सरकार बनेको छ, काम सुरुवात हुन सकेको छैन । अब प्रदेशको अधिकार क्षेत्रभित्र गएर नीति नियम गरी सबैको अपेच्छालाई संकलन गर्नेछौँ, उनले भने, ऐन नियम बनाउदै प्रदेश विकाशतर्फ लम्कनेछ।

त्रिशुली नदीमा भइरहेको दोहनलाई रोक्न स्थानीय प्रशासनलाई सचेत गराउँदै उनले क्लिन त्रिशुली बनाउन लागि आवश्यक रहेको बताए । त्रिशुलीलाई स्वच्छ र सफा राख्ने दायित्व हाम्रो हो, उनले भने, ‘सफा, स्वच्छ र कन्चन बग्ने त्रिशुली नदीको संरक्षण नगरे बाग्मती र विष्णुमति नदि जस्तै बन्न बेर छैन ।’ भएका सम्भावना र अवसरहरुलाई खोजी गर्दै पर्यटन विकास तथा औद्योगिक क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिग्राम जमरकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद भूमि त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

२०७४ फागुन ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: