Sun. Mar 16th, 2025

प्रेमसम्बन्धले उपप्रधानमन्त्रीको पद धरापमा !

११ फागुन,अस्ट्रेलिया ।
आफ्नै पार्टी कार्यालयमा काम गर्न एक युवतीसँगको प्रेम र उनीसँगको सम्बन्धपछि अस्ट्रेलियालीका उपप्रधानमन्त्री वार्नबी जोयस समस्यमा परेका छन ।
उपप्रधानमन्त्री जोयसको पार्टी कार्यालयी कर्मचारी भिक्की क्यापिनसँग प्रेमसम्बन्ध रहेको केही समयअघि सार्वजनिक भएको थियो ।
स्थानीय पत्रपत्रिकाले क्यापिनमा उप्रधानमन्त्रीको गर्भ रहेको समाचार सार्वजनिक गरेपछि प्रधानमन्त्री माल्कम टर्नबुल र जोयसका सहकर्मीले पनि उनको कडा आलोचना गरेका थिए ।

समाचार सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री टर्नबुलले कुनै पनि मन्त्रीहरुले आफुना कर्मचारीहरुसँग शारिरिक सम्बन्ध राख्न नपाउने बताएका थिए ।
२०७४ फागुन ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: