१० फागुन, धादिङ
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माण गरिएको दुई वटा विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
प्रयत्नशिल सामुदायिक समाज नेपाल (प्रयास नेपाल)को साझेदारीमा युनाइटेड मिसन टु नेपाल(युएमएन) र उड इन डाडको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा न १ मा निर्माण गरिएको बासखर्क र कुन्चुरुङ आधारभुत बिद्यालय बुधबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।
दुई बिद्यालयमा गरि कुल ३५ लाख २२ हजार ६४ लागतमा बिद्यालय भवन निर्माण गरिएको हो ।१/१ वटा भवनमा दुई दुई कोठासहित शौचालय तथा धारा पनि निर्माण गरिएको छ ।
भवनको शिक्षा मन्त्रालय केन्द्रिय आयोजना कार्यन्वयन इकाईका निर्देशक इमनारायण श्रेष्ठले उद्घाटन गरेका थिए ।२०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले विद्यालयको भवन भत्किएपछि अस्थायी टहरामा पठनपाठन संचालन भइरहेको थियो ।
२०७४ फागुन १० गते प्रकाशितत