Mon. Nov 25th, 2024

बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने ओली सरकारको संकेत

८ फागुन, धादिङ

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको विषयमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले उल्टाउने संकेत गरेका छन् ।

ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिएको पहिलो अन्तर्वार्तामा देउवा सरकारले राजनीतिक पूर्वाग्रह अथवा प्रतिस्पर्धी कम्पनीको स्वार्थमा चिनियाँ कम्पनी कचौपा ९सीजीजीसी०सँग गरिएको सम्झौता रद्द गरेकोतर्फ संकेत गर्दै ओलीले त्यसलाई संशोधन गरिने बताएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ । ओलीले साउथ चाइना मर्निङ पोष्ट अन्तर्गतको ‘दीस विक इन एशिया’लाई पहिलो अन्तर्वार्ता दिएका थिए ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (ईपीसीएफ) मोडलमा बूढीगण्डकी बनाउन चिनियाँ कम्पनी कचौपासँग गरेको सम्झौता देउवा नेतृत्वको मन्त्रिपरिषदले २७ कात्तिकमा रद्द गर्दै स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि रु. ९४ अर्ब भायबिलिटी ग्याप फण्ड (भीजीएफ) दिने निर्णय पनि सरकारले गरेको थियो ।

२०७४ फागुन ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: