Fri. Mar 7th, 2025

भाग्यमानी ४० नेपाली जसले विश्वकप हेर्न पाउने छन्

७ फाफुन, काठमाण्डौ ।
रुसमा हुने विश्वकप फुटबल सुरु हुन साढे तीन महिना बाँकी हुँदा कोका–कोला नेपालले खेलको महाकुम्भलाई लिएर अहिलेसम्मकै सबैभन्दा ठूलो प्रवद्र्धन कार्यक्रम अगाडि ल्याएको छ ।

त्यसअनुुसार ४० नेपाली समर्थक विश्वकपका खेल हेर्न रुस जाने छन । ती भाग्यमानीहरूले सम्भवतः लियोनल मेसीसम्मिलित अर्जेन्टिनाको खेल हेर्न पाउने छन ।

कोका–कोला नेपालले प्रस्तुत गरेको प्रवद्र्धन कार्यक्रम १० साता ९फेफ्रुअरी १५ देखि चल्नेछ । प्रत्येक साता कोका–कोला र अरु उत्पादनबाट चार भाग्यमानी छानिने छन् ।

त्यसका लागि बोतलको लेबल पछाडि भएको अंकको कोड एसएमएस गर्नुपर्नेछ । त्यसबाट लक्की ड्र निकालिने छ ।,
कान्तिपुर दैनीकबाट
२०७४ फागनु ७ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: