Tue. Mar 11th, 2025

ओलीको पहिलो निर्णय : प्रत्येक स्थानीय तहमा उद्योगग्राम

 

४ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य घोषणा गरेका छन । प्रधानमन्त्रीका रूपमा सिंहदरबारको कुर्सीमा बसेलगत्तै उनले घोषणा गरेको यो लक्ष्य प्राप्ति गर्न अनुकूलका कानुनी व्यवस्था गर्ने, भएका कानुनी व्यवस्था संशोधन गर्ने र प्रशासनिक पुनर्संरचना गर्ने निर्णयमा हस्ताक्षर गरेका छन ।त्यस्तै, ओलीको तीन सदस्यीय मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायलाई धन्यवाद दिनेबाहेक प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश मुकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहितको रंगशाला निर्माण गर्ने र प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।,
नयाँ पत्रिका दैनीकबाट
२०७४ फागुन ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: