

३ फागुन, धादिङ
आइसीसी डिभिजन टूको फाइनल खेलमा अहिले नेपाल र युएई खेलिरहेका छन ।
टस जितेर ब्याटिङ गरेको युएईले नेपाललार्इ २ सय ७८ रनको लक्ष्य दिएको छ । युएइका लागि अस्फाक अहमदले सर्वाधिक १ सय १४ रन बनाएर आउट भए भने गुलाम साबेर १८ रन, रोहन मुस्ताफा ५१ रन, साहिकर अनवारले ४० रन बनाएर आउट भए ।
रामिद साहज ४१ रनमा नटआउट रहँदा मोहम्मद उस्मान २ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १र१ विकेट लिए । युएइका एकजना ब्याटम्यान रन आउट भए ।
२०७४ फागुन ३ गते प्रकाशित