Tue. Mar 11th, 2025

आयोगद्धारा फागुन अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव


३ फागुन, काठमाडौं

निर्वाचन आयोगले फागुनको अन्त्यसम्ममा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा आज आयोगमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेको निर्वाचन आयोगले जनाएको छ ।

बैठकमा आयोगको तर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएकोमा दलहरूले आयोगको प्रस्तावलाई समर्थन गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारको मनोनयनपत्र दर्ता गरेका उमेदवारहरूलाई निर्वाचन खर्च समयमै बुझाउन आयोगले दलहरूसँग आग्रह पनि गरेको छ ।

छलफलमा पाँच राजनीतिक दल नेकपा ९एमाले० का नेताहरू राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, डा। मीनेन्द्र रिजाल, नेकपा ९माओवादी केन्द्र० बाट नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, केशव झा र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, डा। शिवजी यादव सहभागी थिए ।

२०७४ फागुन ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: