

३ फागुन, अमेरिका –
अमेरिकाको फ्लोरिडा राज्यको एक विद्यालयमा गोली चल्दा १७ जनाको मृत्यु भएको छ ।
प्रहरीले गोली चलाएको आशंकामा त्यसै विद्यालयका १९ वर्षीय निकलस क्रुजलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।
उनी त्यस विद्यालयबाट निष्कासन गरिएका पूर्व–विद्यार्थी भएको जनाइएको छ । क्रुजले राइफल लिएको र विद्यालय बाहिर ३ जनालाई गोली प्रहार गरी विद्यालयभित्र पसेर अरु १२ जनालाई गोली हानेको बीबीसीले जनाएको छ । घटना भएको उक्त विद्यालय प्रहरीले नियन्त्रण लिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले ट्वीट गर्दै मृतकका परिवाप्रति समबेदना प्रकट गरेका छन् ।
२०७४ फागुन ३ गते प्रकाशित