Fri. Mar 7th, 2025

नेपालले विश्वकप छनोट खेल्ने पक्का, क्यानडाविरुद्ध १ विकेटले विजयी


२ फागुन, धादिङ

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको हो । यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ ।जीतसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का गरेको छ ।

नेपाललाई जिताउन नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले रोमाञ्चक जित दिलाएका हुन् । उनले नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ४ छक्का, ३ चौकासहित ४२ रन बनाएका हुन् ।

नेपाल सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सका लागि छनोट भएको छ । नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडालाई एक विकेटले हराएसंगै नेपाल डिभिजन वनमा पनि उक्लने पक्का भएको छ ।

विन्डहकमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ९४ रन बनायो । क्यानडाको स्कोर ४६ रनमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाए । क्यानडाका रुभिन्दु गुनसेकारा नौ रनमा आउट भए । त्यसपछि ५७ रन हुदा सन्दिपले नेपाललाई दोस्रो सफलता दिलाए । कप्तान नितिश कुमार ५ रनमा आउट भए । ६७ रन हुदा पुनः सन्दिपले नेपाललाई तेस्रो विकेट लिन सफल भए । क्यानडाका लागि हम्जा तारीक २४ र ओपनर श्रीमन्थले सतकिए पारी खेले । उनले अविजीत एक सय तीन रन बनाए । बलिङ तर्फ नेपालका बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

जवाफमा नेपाल ५० ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । नेपालका ओपनरले आजपनि सुरुवात राम्रो गर्न सकेनन । ज्ञानेन्द्र मल्ल नौ रनमा आउट भएपछि नेपालले २२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता खोल्न नपाउदै आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो ।

तेस्रो विकेटका लागि दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर ७३ रन बनाउदा नेपालले चार विकेट गुमाउन पुग्यो । नेपालका लागि दिलिप नाथले ४१ रन बनाउँदा शरद भेषवाकर मात्र एक रनमा आउट भए । त्यसपछि दिपेन्द्रसिंह ऐरी पनि १८ रनमा आउट भएपछि नेपालले ८१ रनमा पाच विकेट गुमायो ।

नेपालका लागि रोहित पौडेले २७ तथा आरिफ शेखले २६ रन बनाए । अन्तिममा करन केसीको उत्कृष्ट ब्याटिङका कारण नेपालले गुमाइसकेको खेल आफनो पक्षमा पार्न सफल भयो । अन्तिम ओभरमा ८ रन चाहिएकोमा करनले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । करनले अविजित ४२ रन बनाए ।

२०७४ फागुन २ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: