

२ फागुन, धादिङ
नामिबियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु अन्तरगतको खेलमा क्यानडाले नेपालसामु १९५ रनको लक्ष्य पेश गरेको छ ।
नेपालले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९४ रन जोड्यो । क्यानडाका ओपनर व्याट्सम्यान श्रीमन्था विजरत्नेले शतकीय पारी खेले । उनले अविजित १०३ रन बनाए । यस्तै धिन्दसाले १८ रनमा अविजित रहे । क्यानडाका अन्य व्याट्सम्यान खासै चलेनन् । हाम्जा तारिक २४ र शादविन जाफरले १० रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ३४ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ९ ओभरमा ४० रन खर्चिदै २ विकेट हात पारे भने करण केसी र शरद भेषवाकरले समान एक÷एक विकेट लिए । क्यानडाका एक खेलाडीलाई कप्तान पारस खड्काले रनआउट पारेका थिए ।
२०७४ फागुन २ गते प्रकाशित