

२ फागुन, काठमाडौँ
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
स्थायी कमिटीको बुधबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने सचिव गोकर्ण विष्टले बताए ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ । तर, एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।
२०७४ फागुन २ गते प्रकाशित