
२ फागुन, धादिङ
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडाबीच आज प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोट खेल खेल्नका लागि नेपाललाई जित्नैपर्ने दबाव छ ।
खेल नेपाली समयअनुसार सवा १ बजे हुनेछ ।
पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासित हार व्यहोर्न पुग्यो । तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै छ तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ ।
अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६(६ अंक छ भने यूएईको चार अंक छ । आज नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।
२०७४ फागुन २ गते प्रकाशित