Tue. Mar 11th, 2025

ओलीले भने– संक्रमणकाल सकियो, अबको प्राथमिकता विकास

१ फागुन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल सकिएको बताएका छन । मंगलबार महाशिवरात्रिको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै ओलीले अबको प्राथमिकता विकास र संमृद्धि भएको बताए ।

‘हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनपछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएको छ’, ओलीले शुभकामना सन्देशमा भनेका छन, ‘अबको प्राथमिकता विकास र समृद्धि हो ।’

ओलीको निर्वाचनमार्फत जनताले स्थिरता, विकास र समृद्धिको चाहना प्रकट गरेकाले यसमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ,’ ओलीले शुभकामना सन्देशमा भनेका छन ।

ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।
२०७४ फागुन १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: