

२९ माघ, धादिङ
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगतको सोमबारको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी केन्यालाई पराजित गरेको छ । नामिबियामा जारी खेलमा केन्याले दिएको १ सय ७८ रनको चुनौती पछ्याएको नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै केन्याले दिएको लक्ष्य भेटाएको हो ।
नेपाललाई जिताउने क्रममा आरके पौडेलले ८५ बलमा सर्वाधिक ४७ रन बनाए । कप्तान पारस खड्काले ४४ बलमा ४२ रनको योगदान दिए । त्यसैगरि अरिफ शेखले ८२ बलमा ४२ रनको योगदान गरे । बलिङतर्फ युवा स्पिनर सन्दीप लामिछानेले केन्याका ५ विकेट झारे ।
२०७४ माघ २९ गते प्रकाशित