

२९ माघ, हेटौंडा
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् ।
प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
२०७४ माघ २९ गते प्रकाशित