Tue. Mar 11th, 2025

एमालेबाट ४१ जना बने समानुपातिक सांसद (सूचीसहित)

२८ माघ ,  काठमाडौँ

नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिकबाट सांसद बन्ने ४१ जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ।

पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ । आइतबकार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनाामा मुकुन्द न्यौपाने एक नम्बरमा छन् । अन्तिम ४१ औं नम्बरमा समिना हुसेनको नाम छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकबाट सांसद बन्नेहरुको अन्तिम सूची टुंग्याएर निर्वाचन आयोगमा बुझाएको हो । एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् ।

२०७४ माघ २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: