Tue. Mar 11th, 2025

प्रदेश ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध

२८ माघ, हेटौंडा –

प्रदेश ३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।

आइतबार हेटौँडामा रहेको प्रदेश नंबर ३ को प्रदेशसभा सचिवालयमा भएको मनोनयन दर्तामा उनी बाहेक अरुको उम्मेद्वार नपरेपछि तामाङ निर्विरोध निर्वाचित भएकी हुन् ।

तामाङले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादीकी उपनेता कुमारी मोक्तान छिन् ।

नुवाकोट क्षेत्र नम्बर १ को क बाट निर्वाचित ३४ वर्षीया प्रदेशसदस्य तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्री हुन् ।

 

२०७४ माघ २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: