२८ माघ, धादिङ –
एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) प्रदेश नम्बर ३ को अध्यक्षमा काभ्रेका दुर्गासिंह तामाङ निर्वाचित भएका छन् ।
शनिवार काठमाडौंमा भएको संगठनको प्रदेशस्तरीय पहिलो सम्मेलनले तामाङको अध्यक्षमा ६१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा शंकर अधिकारी(धादिङ), महिला उपाध्यक्षमा गोमा बजगाई (ललितपुर) निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षहरुमा मोहन गौतम(सिन्धुली), कृष्ण घिमिरे(सिन्धुपाल्चोक) र रमेश दर्जी(काभ्रे) निर्वाचित भएका छन् ।
यसैगरी सम्मेलनले ३ नम्बर प्रदेश कमीटीको महासचिवमा भिमप्रसाद पोखरेल (काठमाडौं)लाई निर्वाचित गरेको छ । त्यस्तै, अर्थ–उपमहासचिवमा गुरु पौडेल(चितवन) र उपमहासचिवमा शम्भु लामा(मकवानपुर) निर्वाचित भएका छन्। संगठनले चारजना सचिवहरु समेत निर्वार्चित गरेको छ । जसमा नारायण देवकोटा(रसुवा), तारानिधि दाहाल(भक्तपुर), निमा लामा(रामेछाप) र गणेश लामिछाने(नुवाकोट) रहेका छन् ।
सम्मेलनले काठमाडौं रत्नराज्य माविका जीवनप्रकाश रेग्मकिो अध्यक्षतामा सल्लाहाकार समिति समेत निर्वाचित गरेको संगठनले जनाएको छ ।
२०७४ माघ २८ गते प्रकाशित