
२८ माघ, काठमाडौं
हङकङमा एउटा डबल डेकर (दुई तले) बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि ४० जना घाइते भएका छन् ।
बसले घोडा दौडमा सहभागी दर्शक तथा कामदारहरु बोकेको जनाइएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार बस तीव्र गतिमा गुडेको थियो । उद्धारकर्ता निकै बरेपछि मात्रै बसभित्र फसेका मानिसको उद्धार गर्न सफल भएका थिए ।
केही वर्षयता हङकङमा दुर्घटना बढ्दै आएको छ । जुलाई २००३ मा दुई तले बस दुर्घटनाग्रस्त हुँदा २१ जनाको ज्यान गएको थियो ।
२०७४ माघ २८ गते प्रकशित