Tue. Mar 4th, 2025

बूढीगण्डकी स्वदेशी लगानीमै बनाउन ९४ अर्ब अनुदान

२६ माघ, धादिङ – 

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ९४ अर्ब रूपैयाँ सरकारले अनुदान दिएर स्वदेशी लगानीमा निर्माण गरिने भएको छ ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वणिर्म वाग्ले नेतृत्वको समितिले बुझाएको प्रतिवेदन पारित गरेको छ ।

चिनियाँ कम्पनी चाइना गेजुवासँगको सम्झौता तोडेर स्वदेशी लगानीमा नै आयोजना बनाउने निर्णय गरेको सरकारले वाग्ले नेतृत्वको समितिको सुझाव अनुसार नै आयोजना बनाउने गरी प्रतिवेदन पारित गरेको हो ।

वाग्ले नेतृत्वको समितिले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै निर्माण गर्न तीनवटा विकल्प दिएको थियो । त्यसमध्ये पहिलो विकल्पमा सरकारले आयोजनालाई लगानीयोग्य बनाउन ९४ अर्ब रुपैयाँ अनुदान (भायवलिटी ग्याप फण्डिङ) गर्ने उल्लेख छ ।

आयोजनाको लागत २ खर्ब ७० अर्ब रुपैयाँ मानेर त्यसको ३५ प्रतिशत रकम सरकारले ब्यहोर्ने र बाँकी ५३ अर्ब इक्वीटी र १२३ अर्ब रुपैयाँ ऋण लिएर बनाउन सकिने प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

२०७४ माघ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: