
२६ माघ, धादिङ –
आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
शुक्रबार भएको खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १३८ रनको लक्ष्य ओमानले ८९ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो ।
ओमानका लागि खवर अलीले सर्वाधिक ४६ रन बनाए । त्यस्तै भिएस वातेगाउन्करले अविजित ३७ रन बनाए भने जतिन्दर सिंहले २४ रनको योगदान दिए ।
नेपालका सन्दिप लामिछानेले २ तथा सोमपाल कामी र वसन्त रेग्मीले १र१ विकेट लिए । ओमानका अकिव इयासले सर्वाधिक ४६ रन बनाए ।
२०७४ माघ २६ गते प्रकाशित