
२५ माघ, धादिङ –
राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको तेस्रो दिनमै नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बिहान ९ बजेका लागि प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाइएको र बैठकमा प्रदेशसभा गठन र सञ्चालनसम्बन्धि विधान पारित हुने कांग्रेसले जनाएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय समिमिको बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा सरकार हस्तान्तरण, प्रदेश संसदीय दलको नेता चयन गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
२०७४ माघ २५ गते प्रकाशित