Fri. Mar 7th, 2025

कीर्तिमानी जितसँगै स्वान्सी एफ ए कपको पाँचौ चरणमा

माघ २४ – बर्मिङघमलाई पराजित गर्दै हडल्सफिल्ड एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । यस्तै स्वान्सीले नोट्स काउन्टेलाई ८–१ को फराकिलो अन्तरले हराउँदै पाँचौ चरणको यात्रा पक्का गर्यो ।
बर्मिङघमको घरेलु मैदानमा भएको खेलमा हडल्र्सफिल्डले घरेलु टिमको एक गोलको अग्रतालाई उल्ट्याएको हो ।
खेलको ५२ औ मिनेटमा एडम्सको गोलमार्फत घरेलु टिमले अग्रता बनाएको थियो । तर ६० औ मिनेटमा बर्मिङघमका मार्क रोवर्टसले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल नभएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा हडल्सफिल्डले तीन गोल थप्यो । जसका कारण उसले पाँचौ चरणमा पुग्न सफल भयो ।
पाँचौ चरणमा हडल्सफिल्डले म्यानचेस्टर युनाईटेडसँग खेल्नेछ । अर्को खेलमा स्वान्सीले नोट्स काउन्टेलाई ८–१ को भारी अन्तरले हरायो ।
स्वान्सीको जितमा केभिन अब्राहम र नाथन डेरले दुई–दुई गोल गरे । एफ ए कपमा स्वान्सीले विपक्षीलाई भारी गोलले हराउने कीर्तिमान पनि बनाएको छ ।

२०७४ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: