Sun. Mar 16th, 2025

ताइवानमा शक्तिशाली भूकम्पको झट्का

२४ माघ।
ताइवानको हुवालिन शहरमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ । ताइवानी अधिकारीका अनुसार भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान जानुको साथै सयौं घाइते भएका छन ।
त्यस्तै कैयौं अग्ला भवनहरु भत्केको जनाएका छन् । स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा कैयौं सडक र भवनमा क्षति पुगेको देखिन्छ ।
भूकम्पका कारण कैयौं भवनमा फसिरहेका नागरिकलाई उद्धार गर्ने कार्य भैरहेको बीबीसीले जनाएको छ ।
२०७४ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: