Tue. Nov 26th, 2024

२८ सहसचिवको सरुवा र पदस्थापन, केही जिल्लाका सीडीयो हेरफेर

४ चैत, काठमाडौं – गृहमन्त्रालयले २८ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ । केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत हेरफेर गरिएका छन् । अध्यागमन विभागका हाकिमसमेत सरुवामा परेका छन् ।

गृहमन्त्रालयको चैत्र ३ गतेको निर्णयबाट ठूलो संख्यामा कर्मचारीहरुको पदस्थापन, हेरफेर र सरुवा गरिएको हो ।

गृहबाट प्राप्त जानकारीअनुसार सहसचिव कृष्णप्रसाद देवकोटालाई गृह मन्त्रालयमै पदस्थापन गरिएको छ । मेघनाथ काफ्लेलाई पदस्थापन गरी अध्यागमनको प्रमुख बनाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई कारागार व्यवस्था विभागको महानिर्देशकमा ल्याइएको छ ।

डोटीका सीडीओ लोकनाथ पौडेललाई सरुवा गरेर दाङको सीडीओ बनाइएको छ ।
दाङका सीडीओ पर्शुराम आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको क्षेत्रीय सह प्रशासक बनाइएको छ ।

सहसचिव विष्णुप्रसाद ढकाललाई हेटौडा क्षेत्रीय प्रशासन कार्यालयको सह प्रशासक बनाइएको छ ।
सहसचिव मनोहरप्रसाद खनाललाई पदस्थापन गरी डोटीको प्रजिअ बनाइएको छ ।

त्यस्तै विनोदबहादुर कुँवर बर्दिया, इन्दु घिमिरे स्याङ्जा, वलदेव गौतम सुर्खेत र विजयनारायण मानन्धरलाई धनुकुटाको प्रजिअमा पदस्थापन गरिएको छ ।

धनकुटाको सहक्षेत्रीय प्रशासकमा कालीप्रसाद पराजुलीलाई पदस्थापन गरिएको छ ।मकवानपुरका प्रजिअ केशवराज घिमिरेलाई पर्सा जिल्ला प्रशासनमा सरुवा गरिएको छ ।
अनलाइन खबरबाट

About The Author

अन्य समाचारहरु: