Sun. Mar 16th, 2025

८ महिने शिशु बलात्कृत

१६ माघ, काठमाडौं –

भारतमा ८ महिनाको शिशु बलात्कृत भएकी छन् । पीडित शिशुको अवस्था गम्भीर छ भने उनको काकाको छोरालाई पक्राउ गरेको छ ।

उनको यौनाङ्गमा चोट लागेको छ र अहिले सर्जरी गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । यो घटना उत्तर पश्चिम दिल्लीको सकुर बस्तीको हो । प्रहरीका अनुसार आइतबार विहान पीडितकी आमाबाबु सानी नानीलाई दुई छोरीहरुसँग छोडेर काममा गएका थिए ।

उनीहरु घरको पहिलो तलामा बस्थे भने ग्राउण्ड फ्लोरमा परिवारका अन्य सदस्य पनि थिए । तर, साँझ कामबाट फर्किँदा छोरी रगताम्मे अवस्थामा भेटिएकी थिइन् ।

 

२०७४ माघ १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: