१५ माघ, काठमाडौ
भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी विमला श्रेष्ठले कास्य पदक जितेकी छिन् ।
आइतबार राति वेन्टम ५४ केजीमा विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् ।
दिल्लीको त्यागराज स्पोर्ट्स कम्प्लेक्समा त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेकी हुन् ।
२०७४ माघ १५ गते प्रकाशित