
अधिवक्ता खिल गिरी
राजनीति भनेको जीवन र जगत बदल्ने नीतिहरु हो । राजनीति आयन बिशाल छ । राजनीति राज्य संचालन मात्र नभई मानव सम्बन्धहरुको संचालन र व्यवस्थापनको सिद्धान्त र अभ्यास हो । मानव जीवनको गरिमा र महत्व निर्माण गर्नु नै राजनीतिको मुख्य धर्म हो । नेपाली कांग्रेस, नेपाली र अंग्रजी दुई शब्द मिलेर बनेको हो । नेपाली कांग्रेस भन्र्नाले नेपालमा बसोबास गर्ने नागरिकलाई बुझाउदछ भने कांग्रेस भनेको निश्चित उद्धेश्य सहित मुलुकको सर्वाङगिण बिकासका लागी एक भएको समुह वा पार्टी भन्ने बुझाउँदछ । यसलाई राजनीतिक रुपमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता आर्दश बोकेको राजनीतिक दल वा पार्टी भन्न सकिन्छ ।
जय नेपाल २००७ सालको क्रान्तिको नारा हो । यो आफ्नो मात्र जय मनाएर मातृभूमि उपेक्षा गर्नेहरुको विरुद्धमा घन्केको आवज हो । जय नेपाल भनेको नेपालको जय होस् भन्ने हो । नेपाली कांग्रेस सम्पूर्ण नेपालीको जय होस् (भलो होस्,कल्याण होस्) भन्ने चाहन्छ । विचाार ः मान्छे भनेको विचारले प्रेरित हुने, विचारले संगठित हुने र विचारले नै क्रियाशिल हुने प्राणी हो । बिचरलाई निषेध गरेर मान्छे बाँच्न सक्दैन । मान्छेहरुलाई सुख सविधा दिने, अन्याय हुन नदिने र असमनताको खाडलबाट जोगाउने आदि कुराहरुको लागी विभिन्न प्रक्रियाहरु हुन्छन् । केवल त्यसलाई सदुपयोग गर्ने क्षमता हामीहरु कति आर्जन गर्न सक्दछौ त्यसैमा नेपाली कांग्रेसको सामायिक औचित्य र सार्थकता अडेकोछ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले गर्व गर्ने नेपाली कांग्रेसमा ३ वटा कुराहरु छन् । पहिलो क्रियासिल राजनीति पार्टीहरुमा यो सबै भन्दा पुरानो पार्टी हो । दोस्रो यो बी. पी. को पार्टी हो ।
तेस्रो नेपाली कांग्रेस इतिहास देखी नै सबै भन्दा शक्तिशाली पार्टीको रुपमा क्रियासिल छ । नेपाली कांग्रेसको नेतृत्व कस्तो हुनु पर्दछ ः नेपाली कांग्रेसका कार्यकर्ताहरुको लागी एकता, मेल र संगठन जति आवश्यक थियो गतिशील एवं प्रभावकारी नेतृत्व त्योभन्दा बढी आवश्यक छ । नेतृत्व सुदृढ, सशक्त र प्रभावकारी भएन भने संगठन बलियो नहुने मात्र होइन । नेपाली कांग्रेसका कार्याकर्ताहरुलाई चलायमान तुल्याउन आवश्यक प्रेरणा र मनोवल पनि प्राप्त गर्न सक्दैन । नेतृत्वमा शिथिलता, अस्पष्टता र द्धिविधा प्रकट भयो भने त्यसले कार्यकर्ताहरुलाई सही दिशामा डो्याउन सक्तैन । त्यस्तो नेतृत्व र संगठनले वास्तविक लक्ष्यसम्म पु्याउन पनि सक्दैन । संगठन कमजोर भयो भने त्यसलाई विस्तारै र क्रमशः बढाउन सकिन्छ तर नेतृत्व फितलो भयो भने त्यो संगठनको भविष्य अन्धकार हुन्छ । नेतृत्व र कार्यक्रम हेरेर नै कार्यकर्ताहरुले आफूलाई समर्पित गर्दछन् । नेतृत्व, सक्षम, गतिशिल र प्रभावकारी छ भने कार्यकर्ताहरुमा पनि ती गुणको बिकास हुन्छ । कार्यकर्ताहरु त्यही नेतृत्वको पछि लाग्छन् ।
नेपाली कांग्रेस प्रतिपक्षमा बस्नु पर्ने ः नेपाली कांग्रेस जनहरु अझै पनि “एक हल गोरु, एउटा गाई, सानो घर बी. पी. को सपना बताउछन् ।” यो यस्तो सपना बन्यो, जसलाई कांग्रेसहरु चुनावको बेला देख्छन् र सरकारमा जाँदा विर्सन्छन् । मिति २०७४÷०६÷१७ मा भएको बाम गठबन्धनको सम्झौताका कारण कम्युनिष्टहरुले बहुमत प्राप्त गेरका छन् । विश्वमाा लोकतान्त्रीको सफलताको मुूल कारण जाँहा बहुमतको आधार हो । नेपालको संविधानको धारा ७६ बमोजिम अब नेपालमा बाम गठबन्धनको सरकार बन्ने छ । सत्ता प्राप्त गर्नको लागी एमाओवादी र मधेवादी दलहरुसंग मिलेर फोहरी खेलबाट नेपाली कांग्रेसलाई अलगै राख्न सक्नु पर्दछ । अबको ५ वर्ष भित्र नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षमा बस्नु पर्दछ । विपक्षीमा बस्दा नेपाली कांग्रेसीजनहरुमा नागरिक गुण राख्नु पर्दछ र शासकीय गुण छोडनु पर्दछ । भारतीय स्वतन्त्रताका अग्रणी नेता महात्मा गान्धीले आफ्नो आत्माकथामा भनेका थिए “सम्यवाद एउटा सुन्दर सपना हो, तर त्यो कहिल्यै पुरा हुदैन ।” नेपालको संविधानको प्रस्तावना र धाराहरुमा समाजवादप्रति प्रतिबद्ध रही भन्ने शब्द लेख्दैमा नेपालमा सम्यवाद आउने होईन । गणतन्त्रात्मक राज्यमा राजतन्त्रको कलपना गर्न नहुने ः नेपाली समाजलाई विश्वज्ञान सन्दर्भबाट विश्लेषण गर्नुमा मुख्य बी. पी. कोइराला र पुप्पलालको महत्वपूर्ण योगदान छ ।
यिनै दुई नेताहरुको अगुवाईमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी गठन भयो । यो आधुनिक राजनीतिको पहिलो काल खण्ड थियो । उनीहरुले आआफ्नो ढाँचाबाट नेपाली समाजको विश्लेषण अगाडी बढाए । त्यही विश्लेषणको आधारमा नेपाली राजनीति प्रशिक्षित र संस्थागत बन्दै गयो । बी. पी. का विचारमा मूलतः तिनवटा महत्वपूर्ण केन्द्र रहेको दखिन्छ । जसमा लोकतन्त्र, समाजवाद र मेलमिलाप । बी. पी. को राजनीतिक विज्ञानमा गणतन्त्रको सारतत्व पाँइदैन । बी. पी. कोइराला सामन्तवाद (राजसंस्था) संगको मेलमिलापबाट समाजवादको निर्माण गर्न चाहन्थे । बी.पी. का चिन्तकहरुको यही नै गम्भीर दोष थिायो । यो विश्लेषण खण्डित गर्न नेपाली कांग्रेसलाई २०६२ सालसम्म कुर्नुप्यो । “अहिले राजा निरङकुश शासक बन्ने दिशामा निरन्तर बढिरहेका छन् । संवैधानिक राजतन्त्रको कुनै मर्यादा बाँकी छैन । संवैधानिक राजतन्त्रको अर्थ र मर्म आत्मासाथ् गर्न राजा पटक्कै तयार नभएको स्पष्ट भइसकेको छ” भन्दै नेपाली कांग्रेसले आफ्नो स्थापनाको ६० औ वर्षमा नेपाली कांग्रेसको ११ औं महाधिवेशनबाट आफ्नो “दस्तावेजबाट संवैधानिक राजतन्त्र” किन झिक्यो, सबैतिर यो जिज्ञासा बढि रहेको छ । यसरी आफ्नो दस्तावेवबाट संवैधानिक राजतन्त्र झिके पछि नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको नयाँ निर्णय पछि उत्साहित हुदै “हटाउनुपर्ने कुरा हट्यो, यो प्रारम्कि यात्रा हो, तोकतन्त्रीक समाजवादमा अडिने राजा रहनछ, नरहने राजा जान्छ”।
“बंश—परम्पराको आधारबाट मात्र सत्तामा आसीन भएका (न कि योग्यता र क्षमताको आधार) व्यक्तिले यस गतिशील समाजको नेतृत्व गर्न सक्दैन, गत शताब्दीमा विश्वका राजतन्त्र एकपछि आर्को गदैं ढल्दै गएको देखिएको छ” आजको २१ औं शताव्दीमा अर्थात आधुनिक युगमा राजतन्त्रको कल्पना मात्र नै एउटा गाडिएको मुर्दा उत्खनन गर्नु जस्तै हो । अब नेपाली कांग्रेसले कसैको लहै लहैमा लागेर राजतन्त्र कल्पना गर्नु भनेको ढलेको रुख सुक्न सक्छ, किरा र धमिरा लाग्न सक्दछ हरियो हुन सक्दैन । ००७ साल देखी सधै धोकै धोका दिने राजतन्त्रलाई नेपाली कांग्रेसका कार्यकताहरुले जनभावनालाई कदर गर्दै नेपाली कांग्रेसले आफ्नो दस्तावेजबाट संवैधानिक राजतन्त्र हटाई सकेको निर्णयलाई पुनः विचार गर्नु हुदैन । राष्ट्रियता ः राष्ट्रियता भनेको राष्ट्रका प्रति स्नेह, ममता र त्यस्तो ममता सृजना हुने सामूहिक भावना र इच्चा हो । राष्ट्रियता भनेको आफू वा आफ्ना पुर्खा जन्मेको, हुर्केको देशप्रति गरिने अगाध प्रेम, श्रद्धा र समपर्ण हो । राष्ट्रियता त्यस देशको पहिचान पनि हो । देश रह्यो भने राष्ट्रियता रहन्छ । देश रहेन भने राष्ट्रियता हराउँछ । राष्ट्रियता भौगोलिक सिमाना भित्र मात्रै बाँधिएको हुदैन । जनताको भावनासंग गाँस्उिको हुन्छ । नेपालीको राष्ट्रिय पहिचान ऊ जहाँ जहाँ जान्छ ऊ संगै जान्छ । यसरी हेर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुमा राष्ट्रियता के हो ? भन्ने कुराहरु बुझेर अबको ५ वर्ष भित्र केन्द्रदेखी स्थानीय तहका कार्यकर्ता बुझन र बुझाउन सक्नु पर्दछ । धर्म र विदेश नीति ः नेपाली कांग्रेसका कार्यकर्ताहरु धर्मको नाउँमा राजनीतिक गर्नु उचित हुदैन ।
धर्म भनेको व्यक्तिको आस्थाको कुरा हुन । नेपालको संविधानको धारा ४ नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । अबको ५ बर्ष मा कांग्रेसका कार्यकर्ताहरुले धार्मिक एजेण्डा पनि बोक्नु हुदैन । विदेशी नीतिमा नेपाली कांग्रेसले भारतको बढी विश्वास गर्दा धोका भएको देखिन्छ । अब विदेश नीतिमा पनि फेरबदल गर्नु पर्ने आवश्यकता देखिन्छ । आर्थिक समृद्धि ः गाँस, बास र कपासको सम्स्याले चौबिसै घण्टा जोतिनुपर्ने मनुष्य स्वतान्त्राको अर्थ सम्झन असमर्थ रहनछ । जीवन निर्वाहको आवश्यकता साम्य भएपछि मात्र मनुष्य स्वतन्त्राको संसारमा प्रवेश गर्दछ । समाजवादीहरु राजनीतिक क्रान्तिले मात्र सन्तुष्ट हुनु हुदैन । उनीहरु राजनीतिक क्रान्तीका साथसाथै आर्थिक क्रान्ति पनि गर्नु पर्छ भन्ने भावना समाजवादीहरुको मूल मर्म हो । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेपाली जनजीवन भित्र पसी अन्तसम्म हामीले केही रचनात्मक कार्य गदैनौ तबसम्म हामीले चुनाव जितौला भन्ने आशा गर्नु बेकार हो । स्कूल, सान—साना कुटीर उद्योगहरुको संगठन, सफाई आदि यस्ता कामहरु छन जसलाई हामी तुरुन्त नै बिना कुनै मूल धन वा अत्यन्त नै कम मूल धनले प्रारम्भ गर्न सक्तछौं ।
माक्सवादी व्यख्याताहरु मात्र नभएर अर्थशास्त्री तथा दार्शनिकहरु समेत एउटा निष्र्कषमा पुगेका छन् । त्यो के भने पुँजीवाद नै आर्थिक बृद्धिको सबैभन्दा बलियो इन्जिन हो । निर्विवाद छ कि राजनीतिमा बढता बोल्नु पर्दछ । तर जहिले जाँह बोल्दा पनि एउटा सच्चा राजनीति कार्यकर्ताले यति मात्र बोल्नु पर्दछ । जतिलाई ऊ कार्यरुपमा परिणत गरेर देखाउन सको्स । राजनीति कार्यकर्ताले नेपाली कांग्रेस शासनमा गएदेखी नेता तथा कार्यकर्ताहरुमा लोभ अत्याधिक बढेको थियो । नेपाली कांग्रेस भित्र धरै अवसरवादीहरु छन् । पुराना कांग्रेसीहरु जोसंग आफ्नो पुरानोपन बाहेक केही अन्य आधार छैन । नयाँ, योग्य, क्षमतावान, शिक्षित र उत्सही कांग्रेसहरुसंग डराउँछन् । आज नेपाली कांगै्रेस पार्टी गन्द पोखरीजस्तो हुन गएको छ । । नेपाली कांग्रेस एउटा चुइगमजस्तो पार्टी हो । यो जति पनि तन्किन सक्छ तर चुडिँदैन । सत्तामा रहदा पार्टीमा खिचातानी, विवादहरु आउनु स्वभाविक हो । कांग्रेस सत्ता बहिर गयो वा प्रतिपक्षमा रहयो भने स्वाभाविक रुपमा पार्टीमा पुनः एकता कायम हुन्छ । त्यो इतिहासले प्रंमाणित गरेको छ ।
२०७४ माघ १४ गते प्रकाशित